नेपाली सेनाको ४३ औं प्रधानसेनापति थापा
नेपाली सेनाको ४३ औं प्रधानसेनापतिको रुपमा बिहिबारबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने भएका छन्। प्रधानसेनापति राजेन्द्र क्षेत्री आफ्नो कार्यकाल सकिनु एक महिनाअघि बिहिबारबाट विदामा बस्ने भएपछि थापाले नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका हुन्। प्रधानसेनापति क्षत्रीले जंङ्गी अड्डामा क्षेत्रीले बलाधिकृत रथी थापालाई पद बुझबुझारथ गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए। २०३६ सालमा अधिकृत क्याडेटबाट सेनामा प्रवेश गरेका थापा भदौ २४ गते...

