रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, अब के हुन्छ ?

चितवन– शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । आइतवार जिल्ला सरकारी वकिलले जिल्ला अदालत चितवनमा ‘आत्महत्या दुरुत्साशन’ को मुद्दा दर्ता गरेसँगै तीन जनासँग वयान लिन शुरु गरिएको थियो । आइतवार(हिजो) अस्मितासँग बयान लिइएपनि समय अभावका कारण रवि र युवराजसँग आज वयान लिइएको हो । उनीहरुको वयान सकिएसँगै अव अदालतमा थुनछेक वहस सुरु हुन्छ । थुनछेक वहस सकिएपछि अदालते थुनामा राख्ने, धरौटी...