झिनो अन्तरले पराजित हुँदा दु:खी छु : रवीन्द्र मिश्र

काठमाडौं क्षेत्र नम्बर १ मा १२५ मतको झिनो अन्तरले पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो धारणा सार्वजनिक गरेका छन्।  नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग झिनो अन्तरले पराजित भएको भोलिपल्ट उनले नतिजा आफ्नो पक्षमा नआए पनि आफ्नो अभियान नरोकिने बताएका छन्।  ‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु। तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु’, उनले...