रसुवामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा मंगलबारराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन्। सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर्षीय जीवन राई रहेका छन्। उनीहरुलाई उपचारार्थ काठमाडौं पठाइएको छ। घाइतेको टाउको,...