राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कल हनिमुनका लागि क्यानडा जाने

हालैमात्र विवाहबन्धनमा बाँधिएका राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कल हनिमुनका लागि क्यानडा जाने भएका छन्। टिएमजे म्यागेजिनका अनुसार नवविवाहित जोडी क्यानडाको अल्बर्टामा रहेको फेयरमोन्ट ज्यासपर पार्क लजमा बस्नेछन्। ६ हजार स्क्वायर फुट क्याबिन रहेको उक्त होटलमा सन् २००५ मा रानी र राजकुमार फिलिप साथसाथै रानी आमा पनि राजा जर्ज छैठौँसँग सन् १९३९ मा त्यहाँ बसेका थिए। प्रतिरात २ हजार लेखि ५ हजार पाउण्ड पर्ने उक्त होटलको क्याबिनलाई ‘रोयल ट्रिट’ नाम दिइएको छ...