प्रदेश नं. २ को सरकार ढल्ने खतरा, ओलीको पछि लाग्दा आइलाग्यो अर्को समस्या
- जानुका रेग्मी

तत्कालीन केपी ओली सरकारविरुद्ध नाकाबन्दी गराउन सँगै हिँडेका उपेन्द्र यादव र महन्थ ठाकुरबीच नयाँ सरकारमा सहभागी हुने विषयलाई लिए ठाकठुक पर्न सुरु भएको छ । मधेस केन्द्रित दलहरूको गठबन्धन बनाएर निर्वाचनमा गएका यादव र ठाकुरबीच पछिल्लो समय राम्रोसँग बोलचाल हुन छाडेको स्रोतको भनाइ छ । ओलीको अहिलेको सरकारमा जान ठाकुरले पनि रुची देखाएका थिए । तर, यादव आफू एक्लै सरकारमा जाने तयारी गरेपछि ठाकुरीले असन्तुष्टि जनाएको उच्च स्रोतको भनाइ छ...