समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राजेन्द्रकुमार राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्ध प्राप्त विराटनगरको-१४ स्थित एस्पायर कलेजको उद्घाटन गर्दै राज्यले अंगीकार गर्ने दुई किसिमको शिक्षा नीतिप्रति आफ्नो असहमति रहेको बताए । शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिँदै उनले प्रदेशलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गर्न कलेज सफल हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयका शिक्षा संकायका डिन प्राडा बालचन्द्र लुइँटेलले गुणस्तरीय अध्यापनमा कमी हुन नदिने भन्दै विद्यालयले दक्ष जनशक्ति उत्पादन कार्य...

