रातमाटे सब स्टेसनको जग्गा ३५ दिनभित्र खाली गर्न एमसीए नेपालको सूचना

काठमाडौं । चार सय केभी क्षमताको रातमाटे सब स्टेसनका लागि आवश्यक जग्गा ३५ दिनभित्र खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भइसकेको छ । सो जग्गा खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा जग्गाको क्षतिपूर्ति तथा पुनर्बास सहायता रकम समेत वितरण भइसकेको जनाउँदै एमसीए नेपालले मुआब्जा तथा...