राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा राप्रपा नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ । पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो ।  लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिए । पछि बुद्धिमान तामाङलगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने नखुलेको एक...