राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहहरुको प्रदर्शनको क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा रहेका राजावादी समूहहरु नक्सालको नारायणचौरबाट बालुवाटारतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहित २२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका थापालाई काठमाडौं उपत्यका प्रहरी परिसर भद्रकालीमा राखिएको छ भने अन्य २१ जनालाई मालिगाउँ प्रहरी बिटमा राखिएको बताइएको छ । प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा...

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

क राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ ।  आजको  बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।  उनका अनुसार महामन्त्री राजाराम बर्तौला, भास्कर भद्रा, सुशील श्रेष्ठ तथा केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र...