काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको बताउनुभयो । उहाँले प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भुमिका महत्वपूण रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले...
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा शुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले ऊर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुशीको कुरा भएको बताए। उनले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताए। उनले सरकार...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । ...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताउनुभएको छ । सोमबार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको बताउनुभयो । राष्ट्रपति पौडेलले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु नहुने बताउनुभयो । राष्ट्रपति पौडेलले...
क राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि ४ जनालाई राजदूत नियुक्त गरेका छन्। सोमबार लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लागि राजदूत नियुक्त गरे। यसैगरी मौरिसस र जाम्बियाका लागि दान बहादुर तामाङ, कोरियाका लागि विष्णु पुकार श्रेष्ठ र पाराग्वेका लागि निर्मल राज काफ्लेलाई राजदूत पदमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार उनीहरूलाई राजदूत नियुक्त गरिएको जानकारी दिइन्। ...
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने भएका छन । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफ्नो खर्च आफै ब्यहोर्ने भएका हुन । ‘उपचारको क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । छातिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता...
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ ग्रहण गर्नुभएकाे हाे । उहाँलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएकाे हाे । रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे थियाे । ...
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती माविबाट मतदान गर्नुभएकाे छ । उहाँले पहिलो भोट खसालेपछि मतदान कार्य सुरु भएको हो । उहाँले सबै भन्दा पहिला आइतबार बिहान ७ बजे व्यास नगरपालिका-२ स्थित सत्यवती माविको (ख) केन्द्रबाट मतदान गर्नुभएकाे हाे । सबै भन्दा पहिला मतदान गरिसकेपछि उहाँले भने यो शुभ लक्षण हो भनेर प्रतिक्रिया दिनुभएकाे छ । आम नागरिकले निष्पक्ष र भयरहित निर्वाचन भएकाले ढुक्क भएर...
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताउनुभयो । “प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो, उहाँले भन्नुभयो, त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर पार्टीभित्रै लडाइँ गरिरहेको छु...
काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि असन्तुष्ट पक्ष थप रुष्ट बनेको छ। सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा करिब १ सय सदस्य मनोनयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित बनेको हो। पौडेल समूहले सभापतिका निर्णय फिर्ता गराउन दबाब दिने कार्यक्रम तय गर्न शनिबार आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ। ती निर्णय खारेज गर्न सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाज पौडेल समूहमा उठेको छ। ‘तत्कालीन सभापति सुशील...

