रामेछापमा गठबन्धनका उम्मेदवारकाे विजयी जुलुस

रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभामा विजयी भएका गठबन्धनका उम्मेदवारहरुले विजयी जुलुस गरेका छन् । रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । एक हप्ता लामो समय लागेर भएको मत गणनाको मत परिणाम अनुसार एक क्षेत्र रहेको प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो । संघतर्फ पूर्णबहादुर तामाङ (कान्छाराम) ले ४७ हजार ९८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको...

सोलुखुम्बु जान हिंडेका पर्यटकहरू रामेछापमा अलपत्र

सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान हिंडेका पर्यटकहरू मौसम खराब भएका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् । ५ दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम प्रतिकुल हुँदा रामेछाप विमानस्थलमा करिब २ हजार बढी पर्यटक अलपत्र भएका थिए । अन्य वैकल्पिक मार्गबाट खुम्बु जानका लागि फाप्लु विमानस्थलमा पर्यटकहरूको ओहिरो लागेको छ । सोमबार र मंगलबार गरी २५ भन्दा बढी उडान भएको फाप्लुमा करिब साढे ३ सय पर्यटक फाप्लुमा ओर्लिएका...