सपथ खानेबेला वैधानिक प्रदेश प्रमुख अहिले कसरी अवैधानिक ? देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा गरिएका निर्णयहरू अहिलेको सरकारले बदर गरेकोमा आपत्ति जनाएका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भदौ १४ देखि फागुन २ सम्मका निर्णयहरू बदर गर्ने निर्णय गरेको दुई दिनपछि शनिबार देउवाले प्रतिक्रिया दिँदै ‘सपथका बेला वैधानिक हुने प्रदेश प्रमुख अहिले कसरी अवैधानिक भएरु’ भन्ने प्रश्न गरेका हुन्। सरकारले प्रदेश प्रमुखहरू हटाउने तयारी गरेको चर्चा चले पनि अहिलेसम्म कसैलाई हटाएको भने छैन। ओली सरकारले...

