राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उपचारका लागि भारत लैजाने तयारी

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि बुधबार भारत लैजाने तयारी गरिएको छ। धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारत घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनका कान्छा छोरा राजीव घिमिरेले जानकारी दिए। ‘केही प्राविधिक कुरा नमेलका कारण ढिला भएको हो’ उनले भने, ‘भारतको अस्पतालमा कुरा भइरहेको छ। मिलेपछि आजै लैजान्छौँ।’ गत वैशाख २८ गते निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन्। उनको उपचारमा संलग्न चिकित्सक डा. विवेक...