भ्रष्टाचार प्रकरणमा मुछिएका आयुक्त पाठकले दिए राजीनामा
नेकपाले महाअभियोग लगाउने संकेत गरेपछि भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । शुक्रवार उनले राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएको स्रोतले बतायो । केही समय अघि राजीनामा बोकेर उनी आफैँ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । उनीविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेका बेला पाठकले राजिनामा दिएका हुन् । त्यसका लागि उनले केही नजिककाहरुसंग परामर्श समेत गर्दा राजीनामा दिनु नै उपर्युक्त हुने सुझाव पाएपछि राजीनामाको...

