राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट दिन ओलीको अपील

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका छन् । वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् । ‘अहिले पार्टीभित्र देखापरेका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भैसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी...

राष्ट्रियसभा उपनिर्वाचनमा सहभागी मतदाताका लागि होटल सञ्चालन गरिने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा सहभागी हुने मतदाताहरूको लागि हेटौंडाको होटलहरु सञ्चालन गर्न दिइने भएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको सोमबार बसेको आकस्मिक बैठकले सिफारिस गरे अनुसार प्रशासन कार्यालयले आगामी जेठ ६ गते संचालन हुने राष्ट्रियसभाको एक रिक्त सदस्य पदको उप–निर्वाचनमा सहभागी हुने मतदाताहरूका लागि हेटौंडाको विभिन्न होटलहरूमा बसोबास र खानाको व्यवस्था मिलाउन होटलका सञ्चालकहरुलाई भोलिदेखि होटल खोल्न अनुमति दिने निर्णय गरेको हो...