प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधबीच प्रतिनिधिसभाबाट पास राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज (सोमबार) राष्ट्रिय सभामा पेस गरिँदैछ। विधेयकमा आफूसँग सरकारले गरेका सहमति नसमेटिएको भन्दै डाक्टर गोविन्द केसी १३ दिनदेखि अनसनमा बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो । अहिले बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक पेस गरिने भएको हो। विधेयकप्रति विरोध जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। कांग्रेसका सांसदहरूको...
प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि रुष्ट बनेको नेपाली कांग्रेस सरकारविरुद्ध सडक संघर्षमा उत्रने भएको छ। सरकारको कार्यशैलीविरुद्ध आज (आइतबार) उसका भ्रातृ संगठनहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा संयुक्त विरोध जुलुस निकाल्दैछन्। यसअघि शनिबार पनि नेविसंघका कार्यकर्ताले स्विट्जरल्यान्डबाट फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमै कालो झन्डा देखाएका थिए। तर पार्टीका तर्फबाट गरिने विरोधका कार्यक्रमबारे भने आज बस्ने...
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा पेस हुँदैछ। शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गर्ने कार्यसूची संसद् सचिवालयले बनाएको हो। विधेयकमा सरकारले आफूसँग गरेको सहमती नसमेटिएको भन्दै प्रध्यापक डाक्टर गोविन्द केसी १३ दिनदेखि आमरण अनसनमा छन्। विधेयक जस्ताको तस्तै पारित गर्ने रणनीति सत्तापक्षको छ। प्रमुख प्रतिपक्षी कांग्रेस भने विधेयक जस्ताको जस्तै पारित गर्न खोजिए संसद् बैठक अवरोध गर्ने तयारीमा छ। विधेयक...

