एसईईको नतिजा साउन २५ भित्र

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाई नआए आगामी...

कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८.६३ प्रतिशत उत्तीर्ण

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने...

साउनभित्र एसईईको नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताउनुभयो । कोरोना भाइरसको...

कक्षा १२ को नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाको नतिजा बिहीबार बिहान सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको छ। गत बैशाखमा १२ कक्षाको परिक्षा संचालन भएको थियो। जसमा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ। ...

एसइई परीक्षाफलको त्रुटीमा शिक्षामन्त्रीले माफी मागे

माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माफी मागेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एसइईको परीक्षाफल प्रकाशनमा भएका गल्तीबारे मागेको स्पष्टीकरणको जवाफमा मन्त्री पोखरेलले पाँच सदस्यीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार परीक्षा नियन्त्रकलाई कारबाही गरिसकिएको जानकारी गराए। व्यवस्थापकीय र प्राविधिक गल्ती भएको देखियो। सफ्टवेयरको कमजोरीले जो रिजल्ट आयो त्यसले विद्यार्थीको सफलतामा...