नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ । प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा अनुभवी नवयुग श्रेष्ठ भने टोलीमै परेनन् । प्रशिक्षक हुमागाईले घोषणा गर्ने क्रममा नवयुग अन्य खेलाडीझैं टोलीमा पर्न योग्य रहेको...
काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान पुगेको नेपालले तयारी स्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोट चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको...

