रुपन्देहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
गएराती रुपन्देहीमा भएको बेग्ला बेग्लै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा परि तिलोत्तमा–१५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापा र टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पश्चिम नवलपरासीकी २४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो । थापा तिलोत्तमा–३ जानकीनगरमा बिहिबार राति १२ बजेतिर गुडिरहेको मोटरसाइकलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चढेको मोटरसाइकल र चालक गए रातीदेखि फरार रहेका थिए । खोजी गर्ने क्रममा...

