रुस र युक्रेनलाई युद्धविराम गराउन अमेरिकी पहल

एजेन्सी । रुस र युक्रेनलाई युद्धविराम गराउन अमेरिकी पहल जारी छ । साउदी अरबियामा तीन दिनको शान्ति वार्तापछि ब्ल्याक सी मा आक्रमण रोक्न दुवै देश सहमत भएका छन् । नौसेना युद्धविराम सहमतिमा रूस र युक्रेनले अमेरिकासँग छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ । वाशिंगटनले सम्झौताहरूको घोषणा गर्दै सबै पक्षहरूले दिगो शान्ति तर्फ काम गरिरहने बताएको छ । ब्ल्याक सी मा आक्रमण नगर्ने सहमतिले एउटा महत्वपूर्ण व्यापार मार्ग पुनः खोल्नेछ । उनीहरूले...