रूपन्देहीका जिल्ला न्यायाधीवक्ता निरौला घुससहित पक्राउ
-सन्देश दैनिक संवाददाता
रूपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले ८० हजार घुससहित निरौलालाई मंगलबार पौने १२ बजे पक्राउ गरेको हो। अदालतमा रहेको मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको नगद रकम ८० हजारसहित निरौलालाई पक्राउ गरिएको अख्तियार प्रवक्ता रामेश्वर डङ्गलले जानकारी दिए। निरौला सरकारी वकिल कार्यालय भैरहवाबाटै पक्राउ परेको र अहिले मुचुल्का उठाईरहेको प्रवक्ता डङ्गलले जानकारी दिए। ...

