चर्को आलोचनापछि रेल मार्गको विवादित ठेक्का रद्द
सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व -पश्चिम रेलमार्गको काँकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित गरेको छ। रेल विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित गरिएको जानकारी दिएको हो। जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटर रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो। रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेपछि चर्को आलोचना हुँदै आएको थियो। बोलपत्र मूल्यांकन समितिले कोरोना महामारी...

