बार्सिलोनाका लागि चम्किए रोनाल्डिन्हो, खेल भने रियलले जित्यो
रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३–२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो । यस खेलमा रोनाल्डिन्हो सबैभन्दा धेरै छाए । उनले आफ्नो डिब्लिङ, जादुयी पास र चुस्त आक्रमण सबै देखाए । पहिलो हाफमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै, अर्को एक शानदार प्रहार पोस्ट लागियो । पहिलो हाफको हाइड्रेशन...

