रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते

रोल्पाको सुनिलस्मृति गाउँपालिका – ४ धुलेओडारमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।  लु २ च ८०१५ नम्बरको  जिप गएराति  पौने १० बजेतिर सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान चापागाईँले जानकारी दिए ।  दुर्घटनामा ३२ वर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको र अन्य तीन जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको उनले बताए ।  दुर्घटनामा...

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ। त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको हो।  दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको र २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ। प्रहरीले गम्भीर घाइतेहरुको थप उपचारका लागि घोराही पठाउने तयारी गरिरहेको छ।  अन्यको उद्धार कार्य जारी छ। ...

रोल्पामा श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जना पक्राउ

काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिकामा श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो ।  गत फागुन २० गते श्रीमती केशु बिक हत्या गरेर उनी फरार भएका थिए ।  हत्यापछि कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा स्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर...

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् ।  उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा  मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको  स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको...

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते

दाङ– रोल्पामा सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको...

रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने  गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो  । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति  १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी  सुशीला बुढा मगर र  १५ बर्षीया  छोरी  श्यामकला बुढामगरको पहिरोमा...

रोल्पामा सुरु भयो मोबाइल फोनबाट रक्त दान सेवा

समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यले जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ। रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो। जिल्लामा ब्लड बैंक नहुँदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर स्थानीय युवाले अभियान सुरु गरेका हुन्। रोल्पाका आठ युवाको सहभागितामा सुरु गरेका हुन्। आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल एपमा रहेका व्यक्तिको...

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

माडी गाउँपालिका–१ धाराबाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर माडी–१ धाराबाङमा बुधबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको हो। दुर्घटना भएको खबर सुन्ने बित्तिकै इलाका प्रहरी कार्यालयको टोली...