ललितपुरमा अशोक लामा गुन्डा नाइकेलाई प्रहरीले गोली प्रहार गरे
ललितपुरमा प्रहरीले एक गुन्डा नाइकेलाई गोली प्रहार गरेको छ। विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका अशोक लामालाई प्रहरीले गोली हानेको हो। ललितपुरको युएन पार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भागेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए। लामाको खुट्टामा गोली लागेको छ। लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्याउँदै आएका थिए। ...

