२३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउद छन्। उनलाई वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनी जेन–जी आन्दोलनमा प्रहरी प्रभाग कपन लुटपाटमा संलग्न रहेको प्रहरीले बताएको छ। उनको कोठाबाट प्रहरीले कम्युटरको सीपीयू, प्रिन्टर, बर्सादी, बुट र तरबार बरामद गरेको छ। ...
काठमाडौं । नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न भएका ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरका नाममा प्रहरीका दुई वटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट...

