लिभरपुलको जितमा जोटा र फिर्मिन्होको गोल

एजेन्सी । साविकको विजेता टोली लिरपुलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लेस्टरले खासै प्रभाव जमाउन सकेन । लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । लिभरपुलले जोनी इभान्सको आत्मघाती गोलबाट २१ औं मिनेटमा अग्रता बनाएको थियो...