जोशीलाई महाभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई काँग्रेसको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दीपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश जोशीमाथि महाभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले गोप्य रुपमा हस्ताक्षर अभियान संचालन गरिरहेको चर्चा भईरहेका बेला नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले त्यसो गर्नु गल्ती हुने भन्दै सचेत गराएका हुन् । आइतबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले महाभियोगलाई...