दैलेखको ग्याँस उत्खनन कार्य एक वर्षभित्र सुरु हुन्छ : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेख जिल्लाको मिथेन ग्याँस उत्खनन कार्य एक वर्षभित्र सुरु गर्नेगरी मन्त्रायले योजना बनाएको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भण्डारीले दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल ग्याँस अन्वेषणमा धेरैले चासो राख्नुभएको बताउनुभयो । यो आयोजना सञ्चालन गर्दा चिनियाँ जियोलोजिक सर्वे कम्पनीको तर्फबाट प्रारम्भिक रिपोर्ट आएको र प्रारम्भिक रिपोर्टले देशलाई नै...