अमेरिकी संसदभित्रै आक्रमण, एकजनाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका छन्।  अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।  संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ । अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो। सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसेको बिबिसीले उल्लेख गरेको...

सिरियामा आतंककारीलाई सघाउँदैछ अमेरिका: इरान

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले सिरियामा आतंककारीहरूलाई सघाइरहेको आरोप लगाएका छन् । इरानको तास्मिन समाचार एजेन्सीले जनाए अनुसार रूहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको बताएका हुन्। तास्मिनले जनाए अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसंगको टेलिफोन वार्तामा रूहानीले पूर्वी गुटाबाट आतंककारीहरूलाई हटाउन देखाएको तदारुकताले यो कुरा प्रमाणित भएको बताएका हुन् । अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन...