ग्रिजम्यान चम्किँदा बार्सिलोनाको सहज जित
एजेन्सी । स्पेनिस ला लिगामा साविकको विजेता बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलका स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन ग्रिजम्यानले दुई गोल गरे । त्यस्तै कार्लेस पेरेज, जोर्डी आल्वा र अथुरो भिडालले समान एक–एक गोल गरे । खेलमा सुरुवाती अग्रता बेटिसले लिएको थियो । उसका लागि नाविल फेकिरले खेलको १५...

