धनगढी । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेलबाट रिहा भएका छन्। सरकारले शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई माफी दिएको थियो । आगजनी मुद्दामा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई ६/६ महिना कैद सजाय सुनाएको थियो । अरुण चौधरी मंसिर ४ को निर्वाचनमा कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कानुनी रूपमा फरार रहेका चौधरी माघ १९ मा बाँकेबाट पक्राउ...
काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ । आइतबार सो अवसरमा उहाँले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नु भएको हो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी हुनु भएको थियो । विशेष गरेर आइतबार वसन्त पञ्चमी तथा सरस्वती पूजाका दिन हनुमानढोका दरबारस्थित नासाल चोकमा राष्ट्रप्रमुखलाई वसन्त श्रवण गर्ने प्रचलन रहेको छ ।...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जादै हुनुहुन्छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति भण्डारी जुम्ला जान लाग्नु भएको हो । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी आइतबार बिहान ११ बजे हेलिकोप्टरमार्फत जुम्ला पुग्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिले ७६ करोड रुपैयाँमा बन्न लागेको प्रतिष्ठानको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको...
राष्ट्रपति विद्यादेवी भण्डारी चैतको दोस्रो साता बंगलादेशको दुई–दिने भ्रमणमा जाने कार्यक्रम तय भएको छ। बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीलाई बंगलादेशबाट निमन्त्रणा गरिएको हो। राष्ट्रपति भण्डारीले गत वर्ष नै बंगलादेश भ्रमण गर्ने तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो। २०७६ कातिक २६ गते बंगलादेशी राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणमा आएका थिए। त्यसपछि बंगलादेशको निमन्त्रणामा नेपालबाट पनि...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिनुभएको छ । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको प्रशंशा पनि गर्नुभयो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाउनुभएको छ । बाइडेनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताएका छन् । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तरराष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको जनाएका छन् । यस वर्षको सो दिवस ‘विपद्मा...
राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी बनेका अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भइरहेको हो। नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार पौने १ घण्टादेखि भेटवार्ता भइरहेको छ। ‘समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो,’ प्रेस सल्लाहकार जुगलले बिहान १० बजेतिर नेपालखबरसँग...

