चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीत सार्वजनिक (भिडियाेसहित)

चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंसिर २१ गतेबाट रिलिज हुने चलचित्रको यो मार्मिक गीतले श्रोताको मन छुन्छ । यो लिरिकल भिडियोमा चलचित्रका केही तस्बिरहरु समेटिएको छ । निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथालाई प्रस्तुत गरिएको यो चलचित्रमा नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठलाई दम्पत्तिको भुमिकामा हेर्न सकिन्छ । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ । चलचित्रमा निश्चल बस्नेतको पनि मुख्य भूमिका...