विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युबारे छानबिन हुन्छः गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द(विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युबारे छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसद्को राज्य व्यवस्था समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले तल्लो तहबाट पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने रिपोर्ट आएको भन्दै यदि मुठभेडमा नमारिएको भए त्यसबारे छानबिन हुने बताएका हुन् । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेहीस्थित जंगलमा यही असार ५ गते चन्द समूहका जिल्ला इन्चार्ज पौडेलको गोली लागेर मृत्यु भएको थियो । गृहमन्त्री थापाले...

