भारतीय वायुसेनाको विमान राजस्थानमा दुर्घटना

नयाँदिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि-२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार साँझ दुर्घटनामा परेको थियो । भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दैशोकसन्तप्त परिवारजनसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको...

इन्डोनेसियामा एक विमान बेपत्ता

काठमाडौं । इन्डोनेसियामा एक विमान बेपत्ता भएको छ । उडान भरेको केहीबेरमा नै श्रीविजया एयर बोइङ ७३७ विमान बेपत्ता भएको हो । फ्लाइट राडारलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार उक्त विमान एक मिनेटमा १० हजार फिट तल झरेको थियो । उक्त विमान दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँको पारवहन मन्त्रालयले बेपत्ता विमानको खोजी जारी रहेको जनाएको छ । विमानमा ६२ जना सवार थिए । ...

अवतरणका क्रममा रहेको विमान समुद्रमा पुग्यो

पपुआ न्यू गिनी । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यस्तो दुर्घटना भएको हो । विमानमा यात्री र चालकदलका सदस्य गरी ४७ जना सवार थिए । विमानमा सवारमध्ये केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एयर न्यूगिनीको विमान अनियन्त्रित भएर समुद्रमा पुगेको बताइएको छ । दुर्घटनाको कारणबारे अधिकारीहरुले...