काठमाडौं । टेल विन्ट (दक्षिण बहने हावा) को कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन सकेको छैन । इयर इन्डिगोको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल किाठमाडौंमा अवतरण गर्न नसकेर इन्डियाको लखनउ डाइभर्ट भएको छ । दिल्लीबाट काठमाडौं आएको एयर इन्डिगोको जहाजले काठमाडौंको आकाशमा होल्ड गर्दा टेल विन्टको कारण अवतरण गर्न नसकेपछि डाइभर्ट भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण साइडबाट अवतरण गर्छन् । जहाज अवतरण...
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी वैशाख १ गते परीक्षण उडान हुने भएको छ । साथै आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी समेत गरिएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूलाई अष्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले परीक्षण उडानका लागि उपकरण सञ्चालन सम्बन्धी तालिम...

