धरान पुगेर प्रचण्डले हर्क साङपाङसँगै विरूवा रोपे
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनसरीको धरान पुगेर मेयर हर्क साङपाङसँगै रूखको विरूवा रोपेका छन् । शुक्रबार उनी धरान उपमहानगरपालिका पुगेका हुन्। सो क्रममा उनले कम्युनिष्ट पार्टी र विशेष गरेर माओवादीले गर्नुपर्ने काम मेयर साङ्पाङले गरेको भन्दै प्रशंसा गरेका छन् । “सिंगो देशले उहाँको कामलाई गम्भीरतापूर्वक हेरेको छ । हामी कम्युनिष्टहरु र विशेष गरेर हामी माओवादीले गर्नुपर्ने काम उहाँले गर्नुभएको छ । सबै पार्टीका साथीहरुलाई उहाँबाट प्रेरणा लिन...

