विश्वकप क्रिकेटमा आज श्रीलंका र अफगानिस्तान भिड्दै

२१ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । कार्डिफस्थित सोफिया गार्डेनमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग श्रीलंकाले प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आजको खेलमा दुवैै टिम जित हात पार्ने लक्ष्यमा हुनेछन् । श्रीलंका टिम दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप,...