पेरुद्वारा पानामा पराजित

एजेन्सी । विश्वकप तयारीमा रहेको पेरुले मैत्रीपूर्ण खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । स्कटल्याण्डलाई पेरुले २–० गोलअन्तरले पराजित गरेको हो । आफ्नो घरेलु भूमिमा भएको खेलमा पेरुले सहज जित हात पारेको हो । पेरुको जितका लागि क्रिस्टेयन क्युएवा र जेफर्सन फरफानले समान १–१ गोल गरे । पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको पेरुले दोस्रो हाफमा थप १ गोल गरेको थियो । खेलको ३७औं मिनेटमा क्रिस्टेयनले पेनाल्टीबाट गोल गर्दै पेरुलाई अग्रता दिलाएका...