एमबाप्पेः १९ वर्षे ठिटो, जसले खोसिरहेछन् मेस्सी र रोनाल्डोको ताज
आइतबार राती खेलिएको विश्वकप फाइनलमा जब फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो तब त्यसमा १९ वर्षका फरवर्ड किलियान एमबाप्पेको गोल पनि समावेश थियो । फ्रान्सको तर्फबाट खेलमा चौथो गोल गरेका एमबाप्पेको नाम एउटा उपलब्धिसँग जोडिएको छ । उनी फुटबल विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनेजर बने । उनी अघि सन् १९५८ मा विश्वकप फाइनलमा पेलेले गोल गरेका थिए । त्यतिबेला पेलेको उमेर १८ वर्ष थियो उक्त खेलमा उनको दुई गोलको मद्दतले ब्राजिलले...

