विश्वकै शक्तिशाली दुई राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ बीच भेटर्वाता
विश्वकै शक्तिशाली दुई राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबी आज पहिलो पटक भेटवार्ता भएको छ । सिंगापुरको सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको विदेशी संचारमाध्यमले जनाएका छन् । भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय समाचार ऐजेन्सीका अनुसार किम र ट्रम्पबीच बन्द कोठाभित्र करिब ५० मिनेट वार्ता भएको छ । वार्तामा दुवै पक्षबाट दोभाषेको व्यवस्था गरिएको थियो...

