कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) विश्वासको मत माग्ने भएका छन्। मुख्यमन्त्री कँडेलले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने भएका हुन्। मुख्यमन्त्री पदमा नियुक्ति पाएको दुई सातापछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्। उक्त प्रयोजनका लागि उनले पठाएकाे पत्र प्रदेशसभा सचिवालयले मंगलबार नै दर्ता गरिसकेको छ। यसअघि सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डाका विषयमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारसमेत हुन सकेको थिएन। सहमतिअनुसार एमालेले मुख्यमन्त्री पदसहित चार मन्त्रालय र नेकपा माओवादी केन्द्रले चार मन्त्रालय...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको सोमबार काठमाडौंमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो । त्यसैगरी प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा अध्यक्षको रुपमा मलाई आवश्यक निर्णय गर्ने जिम्मेवारी पनि बैठकले दिएको अध्यक्ष राजेन्द्र लिङदेनले...
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज विश्वासको मत लिएका हुन्। चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । एमालेका २९ सांसदले विपक्षमा मतदान गरेका...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढि हाे । २६ माघमा संविधानकाे धारा १६८ काे उपधारा(३)...
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा (माओवादी केन्द्र) ले संसदीय दललाई निर्देशन दिएको छ । आइतबार सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताउनुभएकाे हाे । अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएकाे उहाँकाे तर्क छ । यो गठबन्धन टुट्नु नहुने भएकाले विश्वासको मत दिनु भनेर केन्द्रबाट निर्देशन आएको उहाँकाे भनाइ छ । शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले...
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवकाअनुसार मुख्यमन्त्री यादवले आज विहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । १ सय ३ सांसद रहेको मधेस प्रदेशमा मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहसहित...
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । गत बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको जसपा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको दिने तयारी गरेको छ । सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको वार्तामा देउवा तयार देखिएको एक नेताले जानकारी दिए । देउवाले अहिले पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् भने अहिले केहीबेरपछि संसदीय दलको बैठक बोलाइएको छ । “सभापति प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने अवस्थामा हुनुहुन्छ,” स्रोतले भन्यो, “अहिले पदाधिकारी र पूर्वपदाधिकारीसँगको छलफलमा हुनुहुन्छ । महामन्त्रीद्वयले प्रतिपक्षमा बस्नुपर्छ भन्ने विचार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस...
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए। प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली...

