न्युजिल्यान्ड बाहिरियो, स्विस र नर्वेली टिम नकआउट चरणमा
काठमाडौं । न्युजिल्यान्ड वुमेन्स वर्ल्डकप २०२३ को लिग चरणबाटै बाहिरिने अभाग्यशाली टिम भएको छ । समूह ‘ए’ बाट सह–आयोजक न्युजिल्यान्डको अनुपस्थितिमा स्विटरल्यान्ड र नर्वे अन्तिम १६ मा पुगे । स्विटजरल्यान्डले न्युजिल्यान्डलाई आइतबारको खेल गोलरहित बराबरीमा रोकेको थियो । अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० ले सजिलै हरायो । त्यसमा रमेन हेगले ह्याट्रिक गरिन् । तीन खेलबाट पाँच अंकसहित स्विटजरल्यान्ड समूहको शीर्षमा रह्यो । त्यसपछि चार अंकमा नर्वे र न्युजिल्यान्ड रहे । नर्वे गोलअन्तरको...

