वाटफोर्डमाथि २–१ को रोमाञ्चक जित
एजेन्सी । खेल सकिन १० मिनेट बाँकी रहँदा उत्कृष्ट पुनरागमन गरेको टोटनह्यामले इङलिस प्रिमियर लिगमा वाटफोर्डमाथि २–१को रोमाञ्चक जित निकालेको छ । बुधबार राती वेम्बली रंगशालामा १–० ले पछि परेको अवस्थालाई अन्तिम समयमा उल्टाउँदै टोटनह्यामले जित दर्ता गरेको हो । टोटनह्यामलाई महत्वपूर्ण ३ अंक दिलाउन ह्युङ मिन सन र फर्नान्डो लोरेन्टेले गोल गरे । ३८औं मिनेटमा क्राएग काथकाटको गोलबाट वाटफोर्डले अग्रता लिए पनि अन्तिम समय सम्हालिन नसक्दा नतिजा...

