‘रणहार’लाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बा-श्री
यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँला दिइने भएको छ। आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा-श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो। ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो। गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो। सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन...

