शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले फिल्म निर्माता तथा निर्देशक छबिराज ओझाकी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ । उच्च अदालत पाटनको आदेशविरुद्ध निशेषाज्ञाको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पोखरेललाई तत्कालन पक्राउ नगर्न प्रहरीका नाममा आदेश जारी गरेको हो । छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाले काठमाडौं जिल्ला अदालतको अनुमतिमा छबि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो...

