शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिन काठमाडौं आएकी हेमा बिरामी

काठमाडौं – नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिन विराटनगरबाट काठमाडौं आएकी हेमा ओझा एकाएक बिरामी परेपछि उजुरी प्रक्रिया प्रभावित बनेको छ । छविराज ओझाकी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दिएकी थिइन् । गौशाला वृत्तले कालीमाटी प्रहरीको ‘महिला सेल’मा उजुरी दर्ता गर्न भन्दै फिर्ता गरेको थियो । विराटनगरबाट उजुरीका लागि काठमाडौं आएकी हेमा बिरामी परेको उनका अधिवक्ता स्वागत नेपालले जानकारी दिए । ‘गौशाला वृत्तले उजुरी महिला सेलमा...