निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए

कुमारी आमा भनेर चिनिएकी निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन्। शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् । आफूलाई कुमारी आमा भनेर...