बालुवाटारमा शीर्ष तीन नेताको बैठक बस्दै

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेश र संघीय संसद्‍मा अवरोधबाट उत्पन्न गतिरोधलाई लिएर तीन दलका शीर्ष नेता बुधबार फेरि बालुवाटारमा जुटेका छन्।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि अवरुद्ध गरेको संसद् बैठक मंगलबार सञ्चालन भए पनि फेरि गतिरोध देखिएपछि नेताहरु संवादमा जुटेका हुन्। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तीन दलका शीर्ष नेताहरुबीच लामो वार्ता भएको हो। सामूहिक छलफलका क्रममा कांग्रेस नेताहरु कृष्ण सिटौला र रमेश लेखक पनि सहभागी थिए।  गत साउन ३ गते बरामद...